Logo
Logo

अवैध रूपमा अमेरिका पुगेका ५४ भारतीय डिपोर्ट


378
Shares

काठमाडौं । अमेरिकाले अवैध प्रवेशको आरोपमा ५४ भारतीय नागरिकलाई देश निकाला गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार तीमध्ये ५० जना हरियाणाका बासिन्दा रहेका छन् ।

उनीहरू दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नम्बर ओए-४७६७ मार्फत  भारत फर्किएका थिए । कर्नाल, कैथल, अम्बाला, यमुना नगर, कुरुक्षेत्र, जिन्द, सोनीपत, पञ्चकुला, पानीपत, रोहतक र फतेहाबाद जिल्लाका यी व्यक्तिहरू २५ देखि ४० वर्ष उमेर समूहका छन् ।

कर्नाल प्रहरीले उनीहरूलाई परिवारको जिम्मा लगाएको छ । दलालविरुद्ध अहिलेसम्म कुनै उजुरी दर्ता भएको छैन । शङ्कास्पद एजेन्टहरूले आयोजना गर्ने यो अवैध यात्रामा परिवारले ३५ लाख रुपैयाँभन्दा बढी खर्च गर्छन् । 

हरियाणाका पूर्व मुख्यमन्त्री मनोहर लाल खट्टरले युवाहरूलाई कानुनी माध्यम अपनाउन आग्रह गरेका छन् ।  उनले भने, ‘अर्को देशको कानुन तोड्नेहरूलाई सरकारले सहयोग गर्न सक्दैन ।’ कर्नालका डिएसपी सन्दीप कुमारले यी व्यक्तिहरूले ‘डंकी रुट’ प्रयोग गरेको पुष्टि गर्दै एजेन्टविरुद्ध कुनै गुनासो नआएको बताएका छन् । उनले यस्ता अवैध तरिका नअपनाउन चेतावनी दिएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्