Logo
Logo

अमेरिकी दूतावासले भन्योः भिसा आवेदन दिँदा नक्कली कागजात पेश नगर्नू


0
Shares

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी भिसा आवेदनका क्रममा नक्कली कागजात पेश नगर्न आग्रह गरेको छ।

दूतावासले बिहीबार सामाजिक सञ्जालमार्फत भिसा आवेदनमा नक्कली कागजात पेश गरे भविष्यमा अमेरिकी यात्रा गर्ने अवसरलाई जोखिममा पार्न सक्ने चेतावनी दिएको हो।

नक्कली कागजात बिक्रेताहरूभन्दा आफूहरू एक कदम अगाडि रहेको र नयाँ देखा पर्दै गरेका खतराहरूअनुसार आफूलाई तयार पारेको दूतावासको भनाइ छ।

दूतावासले आवेदकहरूलाई आफ्नो भविष्यमा हुने यात्राका अवसर सुरक्षित राख्न भिसा आवेदनमा सत्य बोल्न र वास्तविक कागजात मात्रै पेश गर्न आग्रह गरेको छ।

दूतावासले भनेको छ, ‘यदि तपाईले आफ्नो अमेरिकी भिसा आवेदनसँग नक्कली कागजातहरू पेश गर्नुभयो भने तपाई ठगी गर्दै हुनुहुन्छ र आफ्नो भविष्य जोखिममा पार्दै हुनुहुन्छ। हामी नक्कली कागजात बिक्रेताहरूभन्दा एक कदम अगाडि रहन्छौँ र नयाँ देखा पर्दै गरेका खतराहरूअनुसार आफूलाई तयार गर्छौँ। आफ्नो भविष्यका यात्राका अवसरहरू सुरक्षित बनाउनुहोस् – सत्य बोल्नुहोस् र नक्कली कागजातहरू पेश नगर्नुहोस्।’

प्रतिक्रिया दिनुहोस्