Logo
Logo

बयानको लागि स्वागत नेपाललाई प्रहरीले फेरि बोलायो


1.3k
Shares

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक प्रतिक्रिया दिएको आरोपमा अधिवक्ता स्वागत नेपाललाई प्रहरीले पुनः बयानका लागि बोलाएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार नेपालसँग करिब ६ घण्टा लामो बयान लिएको थियो । ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार, सोमबार सार्वजनिक बिदा भएकाले उनलाई मंगलबार पुनः बयानका लागि बोलाइएको हो ।

अधिवक्ता नेपालमाथि सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालमाथि साइबर अपराधको आरोप छ । साइबर कसुर भने पनि प्रहरीले कस्तो प्रकृतिको उजुरी भन्नेबारे केही खुलाएको छैन ।

यता अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाइएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्