Logo
Logo

प्रधानमन्त्रीले गरे सूर्य र छठी माताको पूजा


378
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी भएकी छिन् । उनी कमलपोखरी पुगेर छठ पूजामा सामेल भएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सूर्यदेव र छठी माताको पूजा–आराधना गरेकी छिन् । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ ।

छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन सरकारले सार्वजनिक बिदा दिएको छ । व्रतालुहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्