Logo
Logo

जेनजी प्रदर्शनमा मारिएका १३ शवको पहिचान अझै हुन सकेन


441
Shares

काठमाडौँ । जेनजी आन्दोलनमा ज्यान गुमाएका कुल ५३ जनाका परिवारलाई राहत वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ। प्रत्येक परिवारलाई १५ लाख रुपैयाँको दरले आर्थिक सहयोग प्रदान गरिएको हो ।

कारागारबाट भाग्ने क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएका कैदी बन्दी वा शवको पहिचान नखुलेका व्यक्तिहरूका परिवारलाई राहत दिइएको छैन ।

मन्त्रालयका अनुसार राहत प्राप्त गर्ने परिवारलाई ‘शहीद सरह’को आर्थिक सहायता उपलब्ध गराइएको छ। तीमध्ये २३ भदौको प्रदर्शनमा प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका तथा २४ भदौको हिंसात्मक घटनामा मारिएका व्यक्तिहरूका परिवारहरू पर्छन्।

प्रहरी तथ्यांकअनुसार जेनजी आन्दोलन र त्यसपछिका घटनामा कुल ७६ जनाले ज्यान गुमाएका थिए । यसमध्ये २३ भदौमा काठमाडौँ र सुनसरीमा २२ जनाको मृत्यु भएको थियो भने २४ भदौमा र उपचारको क्रममा थप मृत्यु भएको थियो।

कारागार वा बन्दी गृहबाट भाग्ने क्रममा १० जना कैदी बन्दीले ज्यान गुमाएका थिए भने प्रदर्शनकारीको कुटाइबाट ३ जना प्रहरी पनि मारिएका थिए। काठमाडौँ, विराटनगर र इटहरीका भाटभटेनी भवनहरूमा आगलागीपछि जलेर पहिचान गर्न नसकिने अवस्थामा शव फेला परेका थिए। हालसम्म १३ जनाको शव पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्