
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक यहि कार्तिक १५ गते बस्नेगरी बोलाइएको हो ।
बैठकले ११औं महाधिवेशनको तयारी सम्बन्धमा विभिन्न निर्णय गर्ने पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
यसअघि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशन कार्तिक २७–२९ मा पोखरामा गर्ने निर्णय गरिसकेको छ ।
सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिबारे निर्णय गर्ने छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते च्यासलस्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यलय सुरु गरिएको छ । उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रित काम पनि सुरु गरिएको छ ।










