Logo
Logo

सरकार, राजनीतिक दल र जेनजीबीच भोलि त्रिपक्षीय वार्ता हुने


1.1k
Shares

काठमाडौं । सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच भोली त्रिपक्षीय वार्ता हुने भएको छ । वार्ता भोलि (बुधवार) दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा हुने छ । 

निर्वाचनको वातावरण तयार पार्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान गरेकी हुन् । प्रधानमन्त्री कार्यालयमा विभिन्न ८/९ वटा समूहका जेनजी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री–मन्त्रीहरूसहितको त्रिपक्षीय वार्ता हुन लागेको हो ।

बैठकमा निर्वाचनको वातावरण तयार पार्नका लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्