Logo
Logo

कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने


378
Shares

काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

यसअनुसार राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गर्ने गरी ३.२५ प्रतिशत बोनस तथा लाभांश करसहित ९.७५ प्रतिशतत नगद वितरण हुनेछ ।

साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्