Logo
Logo

मधेशमा तनाव: भित्र पदभार, बाहिर झडप


1.4k
Shares

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गरेका छन्। कठिन परिस्थितिका बाबजुद यादवले मधेश भवन प्रवेश गरी पदभार ग्रहण गरेका हुन्।

The current image has no alternative text. The file name is: saroj-yadav-sapath.jpg

यसैबीच, सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरूले मधेश भवन बाहिर नाराबाजी गर्दै विरोध जनाएका थिए। विरोध प्रदर्शन क्रममा सांसद, नेता, कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको छ।

प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज गर्दै भिडलाई तितरबितर बनाएको छ । जसका कारण अहिले मधेश भवन अगाडिको क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्