Logo
Logo

मधेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले गरे पदभार ग्रहण


504
Shares

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आज पदभार ग्रहण गरेका छन् । काठमाडौंबाट जनकपुरधाम आउँदै विमानस्थल र प्रदेश प्रमुख कार्यालयमा उनको भव्य स्वागत गरिएको थियो ।

The current image has no alternative text. The file name is: surendra-labh.jpg

प्रदेश प्रमुख लाभले पदभार ग्रहण गर्दै आफू मधेश प्रदेशका समस्यासँग परिचित रहेको र समन्वय र सहकार्यमार्फत सबैसँग मिलेर प्रदेश विकासमा भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे

गत सोमबार निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराएपछि विवाद उत्पन्न भएको थियो । अमर्यादित कार्यको कारण भण्डारीलाई सरकारको सिफारिसमा पदमुक्त गरिएको थियो ।

डा। लाभलाई संघीय सरकारले सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए र मंगलबार उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्