Logo
Logo

मधेशमा थुनिएका सांसदहरू २ घण्टापछि प्रहरीको सहयोगमा मुक्त


3.1k
Shares

जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा करिब दुई घण्टा थुनिएका सात राजनीतिक दलका सांसदहरू अन्ततः प्रहरीको सहयोगमा बाहिरिएका छन् ।

The current image has no alternative text. The file name is: madhesh-pradesh.jpg

सांसदहरूले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध ‘पदअनुकूल आचरण नगरेको’ प्रस्ताव दर्ता गर्न बिहीबार उपसभामुखको कार्यकक्षमा पुगेका थिए । प्रस्ताव दर्ता गर्ने क्रममा सभामुख मण्डल र नेकपा एमालेका नेता–कार्यकर्ताबीच हात हालाहाल समेत भएको थियो ।

उपसभामुखले प्रस्ताव दर्ताको अनुमति दिए पनि सभामुख मण्डलले सचिवालयका कर्मचारीलाई प्रस्ताव दर्ता गर्न रोकेका थिए । लामो रस्साकस्सीपछि प्रस्ताव दर्ता गरिएको सांसदहरूले बताएका छन् । तर, त्यसपछि बाहिर निस्किन खोज्दा सभामुख र उनका कार्यकर्ताले कार्यकक्षमै आफूहरूलाई थुनेको उनीहरूको आरोप छ ।

परिस्थिति असहज बनेपछि प्रहरी टोली पुगेको र त्यसपछि मात्रै सांसदहरू बाहिरिन सफल भएको जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।

सभामुख मण्डलले भने आरोप अस्वीकार गर्दै आफूले कसैलाई नथुनेको र कुनै हातपात नगरेको दाबी गरेका छन् । ‘सांसदहरू आफैं उपसभामुखको कार्यकक्षमा बसेका थिए । पछि प्रहरी आएपछि उनीहरू निस्किए,’ उनले भने, ‘हामीले कसैलाई बन्धक बनाएका छैनौं ।’

प्रतिक्रिया दिनुहोस्