जनकपुरधाम । उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेशसभा भवनको प्राङ्गणमै बैठक सञ्चालन गरेकी छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बैठक बोलाउने प्रस्ताव राखेका थिए ।

उपसभामुख ईशरले कर्मचारी अभाव र अन्य समस्याका कारण बैठक सञ्चालनमा कठिनाइ भएको बताएकी थिइन् । जसपा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले खुला ठाउँमै प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गरेका थिए ।
सोही अनुसार अहिले प्रदेशसभा बैठक प्राङ्गणमै बसिरहेको छ । यसअघि सात दलका प्रदेश सांसदहरू करिब एक घण्टासम्म प्रदेशसभा भवनअगाडिको प्राङ्गणमा बसेका थिए ।











