Logo
Logo

मधेश प्रदेश सभामुख रामचन्द्र मण्डल पदमुक्त


1.3k
Shares

जनकपुरधाम । मधेश प्रदेश सभाले सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको छ।

The current image has no alternative text. The file name is: padmukta.jpg

बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तावमाथि छलफल र मत विभाजन प्रक्रिया सम्पन्न गरी उनलाई पदमुक्त गरिएको उपसभामुख बबिताकुमारी राउत ईशरले घोषणा गरिन्। बैठकमा ७८ सांसद उपस्थित थिए र प्रस्तावको पक्षमा ७६ मत परेको थियो।

गत २७ कात्तिकमा सभामुखमाथि पदमुक्ति प्रस्ताव दर्ता भएको थियो। सात दलीय गठबन्धनका ६४ सांसदहरूले मण्डलको पद अनुकूल आचरण नगरेको भन्दै प्रस्ताव पेश गरेका थिए।

बैठकमा नेपाली कांग्रेस, लोसपा, जसपा नेपाल र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आफ्ना धारणा राखे। छलफलपछि निर्णयार्थ प्रस्तुत गरिएको प्रस्ताव मत विभाजनमार्फत पारित भयो।

यसअघि नेकपा एमालेका एक जना सांसद मात्रै बैठकमा उपस्थित थिएस बैठक स्थगित भएपछिको पुनः सुरु भएको बैठकमा उनी वा अन्य सांसद उपस्थित भएनन्।

प्रतिक्रिया दिनुहोस्