Logo
Logo

कुमारी बैङ्क र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेड बिच विशेष छुट सम्झौता


189
Shares

काठमाडौं । कुमारी बैङ्क लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेबीच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

The current image has no alternative text. The file name is: thumbnail_Bandipur-Cable-Car-and-Tourism-Limited.jpg

यस सम्झौता बमोजिम बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरी आएको सेवाहरूमा कुमारी बैङ्कका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३ प्रतिशत सम्मको छुट दिने सम्झौता भएको छ । बैङ्कको तर्फबाट बैङ्कका गण्डकी प्रदेश प्रमुख सुदर्शन जङ्ग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठ बिच मिति २०८२/०८/०७ मा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

 विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्