Logo
Logo

उपरथीमा बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान


1k
Shares

काठमाडौं । सहायक रथीबाट उपरथीमा बढुवा भएका कृष्णप्रसाद भण्डारीलाई प्रधानसेनापति अशोकराज सिग्देलले दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

यहि मंसिर ५ गते बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई सहायक रथीबाट उपरथीमा बढुवा गरेको थियो । जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा आज प्रधानसेनापति सिक्देलले उपरथी दर्जाको द्रज्यानी चिन्ह प्रदान गरेका हुन् ।

त्यस्तै सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दज्र्यानी चिह्न प्रदान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्