Logo
Logo

जनकपुरमा दुई करोडको लागतमा नाटक घर निर्माण


315
Shares

जनकपुरधाम । दैनिक रूपमा नाटक मञ्चन गर्ने उद्देश्यले जनकपुरको वडा ४ मा रु दुई करोडको लागतमा नाटक घर निर्माण गरिएको छ ।

The current image has no alternative text. The file name is: natakghar.jpg

नेपालकै पुरानो नाट्य संस्थामध्येको एक मिथिला नाट्यकला परिषद्को सो नाटक घरमा ३०० दर्शक अटाउने क्षमता भएको परिषद्ले जनाएको हो । दैनिक रूपमा नाटक मञ्चन गर्ने उद्देश्यले साथ नाटक घर निर्माण गरिएको परिषद्का अध्यक्ष परमेश झाले जानकारी दिए। हाल परिषद्सँग राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका ७० कलाकार आबद्ध छन् । जसमध्ये २५ महिला कलाकार रहेका उनले जानकारी दिए ।

नेपालमा रहेका सरकारी बाहेकका नाटक घरमध्ये ठूला नाटक घरका रूपमा मिथिला नाट्यकला परिषद्को नाटक घरको निर्माण भएको छ । नाटक घरको सञ्चालनले मिथिलाको नाटक क्षेत्रको विकासमा थप मद्दत पुग्नाका साथै कलाकारलाई जीविकोपार्जनमा ठूलो मद्दत पुग्ने विश्वास परिषद्को छ । जनकपुरधामको मुटुमा नै निर्माण भएको नाटक घरमा नियमित रूपमा विभिन्न नाटक मञ्चन गर्ने योजना परिषद्को छ ।

विसं २०३६ मा स्थापना भएको मिथिला नाट्य कला परिषद्को नाटक घरको निर्माणमा विभिन्न सरकारी संस्था, निकाय तथा व्यक्तिको सहयोग रहेको परिषद्ले जनाएको छ । मिथिला नाट्यकला परिषद्बबाट सो नाटक घर निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्