Logo
Logo

प्रभु बैंकको कार्यवाहक सीईओमा निरज लम्साल नियुक्त


441
Shares


काठमाडौं । प्रभु बैंकका बरिष्ठतम कर्मचारी निरज लम्सालले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई गैर कानुनी कारोबार गरेको आरोपमा सीआईबीले पक्राउ गरेपछि बैंकको सञ्चालक समितिले लम्साललाई कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

सीआईबीले प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट फन्डको गैरकानुनी कारोबारबारे अनुसन्धानका लागि शेरचनसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेकपा एमालेका पूर्वसांसद एवम् प्रभु ग्रुपका सञ्चालक देवीप्रसाद भट्टचन र प्रभु म्यानेजमेण्ट प्रालिको खाता सञ्चालककुमार महाजुलाई पनि सीआईबीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

तर, प्रभु बैंकले यो अनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकहरुको हितमा कुनै पनि नकारात्मक असर नपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्