Logo
Logo

कात्तिकको झरीले कृषि क्षेत्रमा करिब ३ अर्बको क्षति, कोशी प्रदेश बढी प्रभावित


189
Shares

काठमाडौँ । गत कात्तिक १५–१७ गते देशभर परेको बेमौसमी वर्षाले कृषि क्षेत्रमा करिब २ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । धानबाली सर्वाधिक प्रभावित भएको छ, जसले कुल क्षतिको ९१.५ प्रतिशत ओगटेको छ ।

The current image has no alternative text. The file name is: dhan-bali.jpg

कोशी प्रदेश सबैभन्दा बढी प्रभावित भएको प्रतिवेदनमा देखिएको छ । झापा, मोरङ र सुनसरी जिल्लाका किसानहरू ठूलो नोक्सानीमा परेका छन् । कुल २० हजार हेक्टर धान खेती प्रभावित हुँदा ७५ हजार मेट्रिक टन उत्पादनमा गिरावट आएको छ ।

धानबाहेक तरकारी, आलु, कोदो, दलहन, तेलहन र केरा जस्ता बालीमा पनि वर्षाले असर पुर्‍याएको छ। तरकारीमा करिब २२ करोड रुपैयाँ र अन्य नगदे बालीमा करिब २.४ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

जिल्लागत हिसाबले झापा, मोरङ, सुनसरी, कपिलवस्तु र बर्दघाट सुस्ता पूर्वका किसानहरू बढी मारमा परेका छन् । पहाडी जिल्लामा तुलनात्मक रूपमा कम असर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्