Logo
Logo

पाकिस्तानी राजदूतावासद्वारा भरतपुर आँखा अस्पताललाई सहयोग


378
Shares

चितवन । नेपालका लागि पाकिस्तानी राजदूतावासले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पताललाई सहयोग हस्तान्तरण गरेको छ ।

The current image has no alternative text. The file name is: help.jpg

राजदूत अब्रार एच हासमीले आज एक कार्यक्रमकाबीच भरतपुर आँखा अस्पतालको कागजरहित प्रविधिको विकासका लागि रु १० लाख सहयोग हस्तान्तरण गरेका हुन् । सो रकम राजदूत हासमीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई हस्तान्तरण गरे । सो अवसरमा राजदूत हासमीले स्वास्थ्य सेवा सबैका लागि सहज र पहुँचयोग्य हुनुपर्ने बताउँदै अस्पतालले विभिन्न गाउँ–बस्तीमा पुगेर सेवा प्रदान गरेकोप्रति प्रशंसा व्यक्त गरे।

राजदूत हासमीले निरन्तर प्राप्त हुँदै आएको सहयोगले अस्पताललाई आधुनिक, दक्ष आधुनिक प्रविधितर्फ अघि बढ्न थप मद्दत गर्ने विश्वास व्यक्त गरे । विगतमा झै आगामी दिनमा पनि आँखा उपचारमा पाकिस्तान सरकारका तर्फबाट नियमित सहयोग आदान प्रदान हुने उनले बताए ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले स्थापना कालदेखिनै अस्पताललाई पाकिस्तान सरकारले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । विसं २०४४ मा अस्पताल भवन निर्माण पाकिस्तानी सरकारका तर्फबाट गरिएको थियो । यस्तै रु ३० लाख वरावरको फेको मेसीन, रु ४० लाख वरावरको फार्मेसी तथा अप्टिकल डिस्पेन्सर भवन, नयाँ भवनमा मोडुलर शल्यक्रिया लगायतमा रु दुई करोड बराबरको पाकिस्तानी सरकारले सहयोग गरेको थियो ।

त्यसैगरी रु ६६ लाखमा पिकअप भ्यानसमेत खरिद गरिदिएको श्रेष्ठले बताए । सो अवसरमा राजदूताबासका हेड अफ चान्सरी मोहम्मद जाकिर खान र प्रोटोकल अफिसर प्रभाकर दाहालको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्केसहित सङ्घका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी र सदस्य एबं अस्पतालका कर्मचारीको उपस्थिति थियो । सहयोग हस्तान्तरणका अवसरमा अस्पतालका गतिविधिका बारेमा सह–प्रध्यापक डा. पुष्पा गिरी श्रेष्ठले जानकारी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्