Logo
Logo

मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधवार विश्वासको मत लिने


1.3k
Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने बताएका छन् ।

The current image has no alternative text. The file name is: saroj-yadv.jpg

मङ्गलवार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बुधवार  दिउसो १ बजे विश्वासको मत लिने गरी व्यवस्था गर्न प्रदेश सभामा पत्र पठाएको जानकारी दिएका हुन् । 

यादवले आफूले विश्वासको मत पाउने दाबी गर्दै आफूले बुधवार विश्वासको मत लिने बताएका हुन् । यादवले आफूले सर्वोच्चको आदेश नपाएपछि आफ्नै अनुरोधमा प्रतिलिपि मगाएर विश्वासको मत लिन बैठक राखिदिन प्रदेश सभालाई आफूले पत्र लेखेको बताएका हुन् ।

उनले आफूले दलहरूसँग छलफल मै रहेको र भोली बिहानसम्म दलहरू पनि विश्वासको मत दिने नदिने स्पष्ट हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्