Logo
Logo

अमेरिकी एफ-१६ लडाकु विमान दुर्घटना


630
Shares

काठमाडौं । अमेरिकी वायुसेनाको थन्डरबड्र्स स्क्वाड्रनको एफ–१६ लडाकु विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान १०ः४५ बजे डेथ भ्यालीको दक्षिणमा रहेको दुर्गम मरुभूमि क्षेत्रमा विमान दुर्घटना भएको हो ।

विमान जमिनमा खस्नुभन्दा केही सेकेन्डअघि पाइलट सुरक्षित रूपमा बाहिर निस्किएकाले उनी बाँच्न सफल भएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा विमान खसिरहेको र पाइलट प्यारासुटबाट बाहिर निस्किरहेको देखिएको छ ।

विमान खसेपछि ठूलो आवाजका साथ विस्फोट भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सामान्य चोट लागेका पाइलटलाई अस्पताल लगिएको छ ।

स्थानीय अग्नि नियन्त्रण विभागले घटनास्थलमा पाइलट मात्र भेटिएको र आगोले वरपरका क्षेत्रलाई कुनै खतरा नभएको बताएको छ । एफ–१६ प्रसिद्ध र शक्तिशाली अमेरिकी लडाकु विमान हो । यसलाई जनरल डाइनामिक्सले १९७० को दशकमा विकास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्