Logo
Logo

धोबीखोलामा मृत भेटिएका पुरूषको पहिचान खुल्यो


2.1k
Shares

काठमाडौं । अनामनगरको धोबीखोलामा मृत भेटिएका पुरूषको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति काभ्रको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल शंखमुल बस्दै आएका ५० वर्षीय ललित गिरी रहेको खुलेको हो ।

उनकी श्रीमतीले शव सनाखत गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । काठमाडौं महानगरपालिका–२९ स्थित मदन भण्डारी कजेल नजिकै रूद्रमति पुल मुनिको खोलामा आज बिहान ६ः५० बजे उनको शव फेला परेको थियो ।

शवसँगै साइकल पनि भेटिएको थियो । उनी साइकल चलाउँदै गर्दा पुलबाट खसेको हुनसक्ने प्रहरी अनुमान गरेको छ ।
शवको टाउकोमा चोट छ ।

पुलबाट खसेर ढुंगामा टाउको ठोक्किएकाले उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्