Logo
Logo

शेरबहादुर तामाङले उपमहासचिवमा दाबी गर्ने


567
Shares

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले ११औँ महाधिवेशनमा उपमहासचिव पदमा दाबी पेस गर्ने भएका छन् ।

हाल स्थायी कमिटी सदस्य रहेका तामाङले निकटस्थहरुलाई एसएमएस पठाउँदै अध्यक्षमा केपी शर्मा ओलीलाई साथ दिँदै आफु उपमहासचिवमा दाबी गर्ने बताएका हुन् ।

‘महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ’, उनले एसएमएसमा भनेका छन्, ‘हजुरको सहयोग तथा सुझावको हार्दिक अपेक्षा गर्दछु । हाम्रो सोलिडारिटी सधैँ रहनेछ ।’

मङ्सिर २७ देखि काठमाडौैंमा हुने एमाले महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र नेता ईश्वर पोखरेलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अध्यक्षमा ओली र पोखरेलको प्रतिस्पर्धा हुने देखिएसँगै अन्य नेताहरू पनि ओली र पोखरेलको पक्षमा खुल्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्