Logo
Logo

एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने निर्णयबाट पछि हटे कुलमान र खगेन्द्रको पार्टी


1.1k
Shares

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीले एउटै चुनाव चिह्नबाट निर्वाचन नलड्ने भएका छन् । 

The current image has no alternative text. The file name is: kulman-khagendra.jpg

मङ्सिर १० मा हाम्रो नेपाली पार्टीका उम्मेदवार उज्यालो नेपाल पार्टीको चुनाव चिह्न चिमबाट चुनावी प्रतिस्पर्धा गर्ने सहमति भएको थियो । उक्त निर्णयबाट दुई दल पछि हटेका हुन् । कानुनी समस्या उत्पन्न हुनसक्ने कारणले उनीहरू पछि हटेका हुन् । उम्मेदवारलाई चयन गर्दा दुई अध्यक्षले हस्ताक्षर गर्दा समस्या आउने देखिएपछि दुई वटै पार्टी पछि हटेका हुन् । 

समानुपातिकतर्फको उम्मेदवारमा पनि विवाद हुनसक्ने अवस्था आउन सक्ने र  हाम्रो नेपाल पार्टीसँग चुनाव चिह्न एउटैमा प्रतिस्पर्धा गर्ने निर्णय नगर्ने निर्णयमा पुगेका हो । 

प्रतिक्रिया दिनुहोस्