Logo
Logo

प्रधानमन्त्रीले बोलाएको बैठकमा कांग्रेसबाट थापा र भुसाल जाने


1k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल सहभागी हुने भएका छन् ।

आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा पार्टीका तर्फबाट महामन्त्री थापा र केन्द्रीय सदस्य भुसाल जाने निश्चित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले निर्वाचन आयोग हेर्ने जिम्मेवारी भुसाललाई दिएको छ । निर्वाचन आयोगसहितको छलफल भएकाले कांग्रेसले भुसाललाई पठाउन लागेको हो ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले आयोग, दलका प्रतिनिधि र जेनजी प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्