काठमाडौं । विश्वका अग्रणी विद्युतीय सवारी (ईभी) उत्पादक कम्पनी बीवाईडीको लोकप्रियता विश्वव्यापी रूपमा तीव्र रूपमा बढ्दै गएको छ । यसको प्रभाव चीनमा मात्र सीमित नरही युरोप, एसिया, अष्ट्रेलिया तथा ल्याटिन अमेरिकाका विभिन्न बजारसम्म फैलिएको छ ।

बीवाईडीको लोकप्रिय ह्याचब्याक ईभी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख युनिट नाघेको छ । यससँगै डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्री गर्ने ह्याचब्याक ईभी बन्न सफल भएको छ ।
नेपालमा पनि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिमार्फत उपलब्ध डल्फिनले उल्लेखनीय लोकप्रियता हासिल गरेको छ । साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठका अनुसार पछिल्ला दुई वर्षमा नेपालमा २ हजार ५ सयभन्दा बढी डल्फिन बिक्री भइसकेका छन् ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले यस उपलब्धिलाई गर्वको क्षणका रूपमा लिएको छ । कम्पनीले भनेको छ- “बीवाईडी डल्फिनले ह्याचब्याक सेग्मेन्टमा नयाँ परिभाषा स्थापित गरेको छ । सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारी खोज्ने नेपाली परिवारको पहिलो रोजाइमा डल्फिन पर्न सफल भएकोमा हामी अत्यन्त खुसी छौँ । हामी ईभी इकोसिस्टम विस्तार, उत्कृष्ट बिक्रीपछिको सेवा तथा नेपाललाई स्वच्छ गतिशीलतातर्फ रूपान्तरण गर्ने यात्रामा निरन्तर प्रतिबद्ध रहनेछौँ ।’
कम्पनीका अनुसार बीवाईडीले सन् २०२६ का लागि डल्फिनको नयाँ संस्करणको परीक्षण सुरु गरिसकेको छ, जुन हाल चीनमा विकास परीक्षणको चरणमा छ । नयाँ संस्करणमा डिजाइन र ड्राइभिङ अनुभवमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ ।
साइमेक्स इंक प्रालिले सन् २०२३ सेप्टेम्बरमा डल्फिनलाई नेपाली बजारमा सार्वजनिक गरेको थियो । हाल डल्फिन नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीमध्ये पहिलो स्थानमा रहेको कम्पनीको दाबी छ ।
ह्याचब्याक सेग्मेन्ट समग्रमा घट्दो अवस्थामा रहे पनि डल्फिनको आगमनसँगै उपभोक्ताको रुचि पुनः जागृत भएको साइमेक्स इंकले जनाएको छ । विशेषगरी मध्यम वर्गीय परिवार तथा महिलाहरूबीच यो गाडी लोकप्रिय बनेको छ ।
नेपाली बजारमा डल्फिन सुरक्षित र स्मार्ट पारिवारिक कारका रूपमा स्थापित हुँदै गएको छ । बीवाईडीको ई–प्लेटफर्म ३.० मा आधारित यस गाडीमा ७८.२ प्रतिशत उच्च–शक्ति हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरिएको छ, जसले नेपाली सडकका विविध अवस्थाहरूमा समेत यात्रु सुरक्षालाई प्राथमिकता दिने कम्पनीको भनाइ छ ।
डल्फिनमा १२.८ इन्चको घुमाउन मिल्ने टचस्क्रिन, मोबाइल कनेक्टिभिटी, २७०० मिमी ह्विलबेससहित प्रशस्त क्याबिन स्पेस उपलब्ध छ। साथै यसमा लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम (एडिएएस) पनि समावेश गरिएको छ, जसअन्तर्गत क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर असिस्टेन्स लगायतका सुविधाहरू रहेका छन् ।
ह्याचब्याक सेग्मेन्टमा बीवाईडी डल्फिनले पुनः बजार विस्तारमा योगदान पु¥याएको उल्लेख गर्दै कम्पनीले प्रविधि, मूल्य र डिजाइनका हिसाबले डल्फिन अत्यन्त सन्तुलित विकल्प भएको जनाएको छ ।
यसैबीच, आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ पनि सञ्चालन गरिरहेको छ । साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर श्रेष्ठका अनुसार अहिले विद्यालय र समुदायमा जनचेतना फैलाउने काम भइरहेको छ ।
यो परियोजना नेपालमा अति संकटग्रस्त प्रजातिमा सूचीकृत ‘डल्फिन’को संरक्षणका लागि समर्पित पहल हो । परियोजनाको उद्देश्य नेपालका स्वच्छ पानीका इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद् तथा सामुदायिक अगुवाहरूलाई एकै थलोमा ल्याउनु रहेको कम्पनीले जनाएको छ । साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाईडी गाडी बिक्री वापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिने छ ।
गंगा नदी डल्फिन विश्वमै अति संकटग्रस्त प्रजातिमा पर्छन्, जसको संख्या विश्वभर ३ हजार ५ सयभन्दा कम रहेको अनुमान छ । सन् २०१६ मा गरिएको सर्वेक्षणअनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा ९ गरी जम्मा ५२ वटा डल्फिन मात्र रहेको अभिलेख छ ।
नेपालमा बीवाईडी डल्फिन ईभीको बढ्दो लोकप्रियता र ‘डल्फिन’ नामक जीव संरक्षणबीचको उल्लेखनीय तालमेललाई आधार बनाउँदै ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ले नेपालको जैविक विविधता संरक्षणका लागि गरिने अर्थपूर्ण पहललाई अझ विस्तार गर्ने लक्ष्य लिएको छ ।











