Logo
Logo

भृकुटीमण्डपमा नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी


189
Shares

काठमाडौं । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सको संयुक्त आयोजनामा राजधानीमा नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी, २०८२ सुरु भएको छ ।

प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा ६ पुससम्म चल्ने छ । इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीेको यो दशौँ संस्करण हो ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहेको आयोजकले जनाएका छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरू, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी गराउन र यस क्षेत्रका नयाँ–नयाँ प्रविधिको जानकारी गराउन यो प्रदर्शनी आयोजना गरिएको हो।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

११औँ नेपाल उड प्रदर्शनीमा आयोजकहरूले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरूमा प्रयोग गराउन एउटा पहलका रूपमा लिएको जनाएको छ । यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरूलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्