काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् ।

शुक्रवार मधेश प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो ।
यादवको पक्षमा कुल ९२ मत परेको थियो । मतदानमा सहभागी भएका सबै सांसदहरूले उनलाई मत दिएका थिए ।
सोही कारण प्रस्तावको विपक्ष तथा तटस्थमा शून्य मत परेको थियो । एमाले इतर सात दलको सिफारिसमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई आज नेकपा एमालेले समेत पक्षमा मत दिएको थियो ।











