Logo
Logo

मधेशका सभामुख यादवले गरे पदभार ग्रहण


567
Shares

काठमाडौं । मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् ।

सोमबार प्रदेश सभा कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सात दलीय गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालबाट यादव आइतबार सभामुखमा निर्वाचित भएका थिए ।

यादवलाई सभामुख निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000