Logo
Logo

एनआईसी एसिया बैङ्कका नवनियुक्त अध्यक्ष अग्रवालले लिए सपथ


630
Shares

काठमाडौं । एनआईसी एसिया बैङ्क  सञ्चालक समितिका नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

अध्यक्ष अग्रवालले बिहीबार नेपाल राष्ट्र बैङ्कका गभर्नर डा.विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । 

बुधवार बसेको बैङ्कको सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुनेगरी अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।अग्रवालसँग नेपालका बैङ्क, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो समय काम गरेको अनुभव छ।

प्रतिक्रिया दिनुहोस्