Logo
Logo

‘डिजिटल डिसेम्बर’ अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैङ्कको समर्थन


252
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैङ्कले ‘डिजिटल डिसेम्बर २०२५-इम्पावरिङ इन्टरप्राइजेज’ अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) नवप्रवर्तनको दायरा मजबुत बनाउन आदिन्त एडभाइजरी प्रालि र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) बीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

हाल सातौँ वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका रूपमा सुरु भई आज उद्यम रूपान्तरणको एक रणनीतिक प्ल्याटफर्मका रूपमा विकसित भएको बैङ्कले जनाएको छ ।

यस संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, एपीआई तथा होस्ट टु होस्ट कनेक्टीभिटी मार्फत उद्यमीहरूको सञ्चालन प्रणालीमा बैङ्किङ सेवा जडान तथा एकीकृत गर्ने तथा डिजिटल ल्याटफर्मलाई व्यावसायिक भुक्तानीको प्राथमिक माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

यस समझदारी अन्तर्गत बैङ्कको उद्यम डिजिटलाइजेसन पहलबाट नवप्रवर्तन विस्तार गर्दै प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीलाई वास्तविक बैङ्किङ पूर्वाधार र विषयगत विशेषज्ञतासँग जोडी पूँजी उपलब्धताका लागि तयार पार्ने उद्देश्य राखेको छ ।

यस एमओयू अन्तर्गत लक्ष्मी सनराइज बैङ्कले डिजिटल डिसेम्बर २०२५ का मुख्य आधारहरू एपीआई सक्षमकरण, प्ल्याटफर्म कनेक्टिभिटी र उद्यम तयारीसँग मेल खाने सहकार्य क्षेत्रहरू अन्वेषण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्