सुदूरपश्चिम । चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित बजेटको आठ दशमलव चार प्रतिशत मात्र खर्च भएको छ ।

आर्थिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार चालु खर्चतर्फ विनियोजित १३ अर्ब ६३ करोड ५५ लाख ४२ हजार बजेटमध्ये मङ्सिरसम्म १६ दशमलव ५१ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ विनियोजित १९ अर्ब ८३ करोड पाँच लाख छ हजारमध्ये दुई दशमलव ८९ प्रतिशत मात्र खर्च भएको छ ।
यो अवधिमा सवारीसाधन करतर्फ २६ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २५ करोड ९७ लाख नौ हजार सङ्कलन भएको थियो । घरजग्गा रजिष्ट्रेशन दस्तुर भने घटेको छ । यो शीर्षकमा गत वर्ष मङ्सिरसम्म १५ करोड १७ लाख ७० हजार सङ्कलन भएकामा चालु आवको सोही अवधिमा आठ करोड २० लाख सात हजार सङ्कलन भएको हो । मनोरञ्जन कर, विज्ञापन कर र प्राकृतिक स्रोतबाट प्राप्त आयमा समेत उतारचढाव देखिएको छ ।
अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा भने गत वर्ष मङ्सिरसम्मको ४ करोड १२ लाख ५१ हजारबाट वृद्धि भई यो वर्षको सोही अवधिमा आठ करोड २३ लाख ५६ हजार पुगेको छ । प्रदेश सरकारले चालु आवमा राजस्व सङ्कलनको लक्ष्य रु एक अर्ब ६५ करोड राखेको छ । गत आव २०८१र८२ मा राजस्व सङ्कलनको लक्ष्य एक अर्ब ६० करोड सात लाख १५ हजार राखेको थियो ।
आव २०८१र८२ मङ्सिरसम्म रु ४८ करोड ७६ लाख २३ हजार सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु ४५ करोड २४ लाख ८४ हजार सङ्कलन भएको हो ।












