Logo
Logo

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले नेपालको रणनीतिक भौगोलिक अवस्थितिका कारण छिमेकी मुलुकहरूका साथै विश्वका शक्तिशाली देशहरूको पनि यहाँ प्रभाव र चलखेल रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: sekharrr.gif

मङ्गलवार थापागाउँमा मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भने, ‘नेपाल विश्वमा निकै कम देशमध्ये एक हो, जसको यस्तो स्ट्याटेजिक लोकेसन छ । उत्तर र दक्षिणमा दुई ठुला छिमेकी छन् भने विश्व शक्तिराष्ट्रहरूको पनि यहाँ चासो र प्रभाव छ । यो कुरा स्वाभाविक हो, यसलाई नभएको भन्न मिल्दैन ।’

कोइरालाले विदेशी शक्तिहरूले नेपाली राजनीतिज्ञहरूप्रति विशेष चासो र चिन्ता राख्ने गरेको उल्लेख गरे । ‘उनीहरूको मुख्य गुनासो यो छ कि हामी जनताप्रति इमानदार छैनौँ र विदेशी शक्तिहरूप्रति पनि इमानदार छैनौँ,’ उनले भने । विदेशीहरूले नेपाली नेताहरूलाई बारम्बार जनताको हितमा संवेदनशील भएर इमानदारीपूर्वक काम गर्न सुझाव दिइरहने उनको भनाइ थियो ।

उनले नेपाली नेताहरू व्यक्तिगत स्वार्थ र कुर्सी जोगाउन गलत कदम चालिरहेको आलोचना गर्दै अब बन्ने सरकारले गलत काम गर्नेहरूलाई दण्डित गर्ने र सुशासन स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हामीसँग आत्मबल र विश्वास छ, हामी यो गर्न सक्छौँ ।’ 

प्रतिक्रिया दिनुहोस्