Logo
Logo

विवाद समाप्त पारेर निर्वाचनमा जाऔं : शेखर


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी भित्रको विवाद समाप्त पारेर निर्वाचनमा होमिनु पर्ने बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा एक सन्देश जारी गर्दै नेता कोइरालाले भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न सबै प्रकारका मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा समाप्त पारेर निर्वाचनमा जानु पर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘जसरी विपीले सम्भावित व्यक्तिगत खतरा र राष्ट्रको अस्तित्वको खतरासामु नगन्य भन्ठानेर ऐतिहासिक निर्णय लिएर प्रवासवाट स्वदेश फर्कनु भएको थियो । आज लोकतन्त्रको रक्षार्थ र भावी युवा पुस्तालाई शान्ति र समृद्धीको गोरेटो कोरेको नेपाल हस्तान्तरण गर्न हामीले हाम्रा अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमीनुको विकल्प छैन ।’

उनले आज पाँच दशकपछि फेरि बिपीको विचारलाई एकपटक मन, वचन र कर्मले मनन गर्नुपर्ने अवस्था आएको भन्दै कांग्रेसमात्र नभई सम्पूर्ण नेपालीहरुको जागरुक सतर्कतासहित ऐक्यवद्धताको खाँचो रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्