Logo
Logo

राप्रपा र राप्रपा नेपालबीच आज एकता घोषणा हुँदै


693
Shares

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज एकता घोषणा हुँदैछ ।

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेर राप्रपा छाडेर राप्रपा नेपाल सक्रिय बनाएका थापा आज राप्रपामै फर्किन लागेका हुन् ।

झण्डै ४ वर्षपछि दुई राष्ट्रवादी शक्ति एकता गरेर अघि बढ्ने तयारीका रुपमा आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहबाट एकता घोषणा हुन लागेको हो ।

एकता घोषणापछि राप्रपा नेपालका नेताहरुलाई सम्मानजनक भूमिका दिएर पार्टी अघि बढाउने लिङ्देनको प्रतिवद्धता छ । राप्रपासँग एकता गर्ने सैद्धान्तिक सहमतिपछि राप्रपा नेपालबाट प्रतिनिधि सभामा समानुपातिकको बन्द सूची पनि पठाइएको छैन भने राप्रपाले पेश गरेको बन्द सूचीमा पनि कमल थापा पक्षधरहरु समेटिएका छैनन् ।

यस्तै, राप्रपाले महाधिवेशन ६ महिना पर सारेको र निर्वाचनको माहौल भएकाले अहिले सम्मानजक हैसियतकमा पार्टी निर्माणमा सक्रिय हुने तयारी मात्रै रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्