Logo
Logo

२४ घण्टादेखि अवरुद्ध चन्द्रनिगाहपुर-निजगढ सडक खुल्यो


0
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।

ग्यास बुलेट पल्टिएका कारण मंगलबार बिहान करिब ७ः५० बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
क्रेनको सहायताले ग्याँस बुलेटलाई किनारा लगाएपछि आज बिहान साढे ७ बजेदेखि राजमार्ग दुईतर्फी खुलेको हो ।

जिल्ला ट्राफिक कार्यालयका निरीक्षक राजेन्द्र थापामगरले झन्डै २४ घण्टापछि राजमार्ग खुलाइएको जानकारी दिए ।

दुर्घटनापछि ग्याँस चुहिएकाले आगलागीको जोखिम भएको भन्दै दमकलले पानी हाल्दै दुईवटा क्रेनले बुलेट उठाइएको थियो । कालोपत्रे सडक पानीको फोहोरा हानेर सफा गरिएको छ भने ग्यास बुलेट सडकको किनारमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्