काठमाडौं । नेपालको राजनीतिक आकाशमा यतिबेला अनिश्चितताको एउटा यस्तो बाक्लो बादल मडारिरहेको छ, जसले भविष्यको बाटो मात्र होइन, वर्तमानको धरातललाई समेत छोपिदिएको छ । यदि तोकिएकै मितिमा निर्वाचन भयो भने अबको दुई महिनामा देशले नयाँ राजनीतिक दिशा पाउनेछ । तर विडम्बना के छ भने आज पनि निर्वाचन हुने÷नहुनेमा अन्योल नै छ ।

आगामी फागुन २१ गते चुनाव हुन्छ कि हुँदैन ? निर्वाचन टार्न को–को लागिपरेका छन् ? यी प्रश्नहरू आफैँमा गम्भीर छन् । तर त्योभन्दा गम्भीर प्रश्न– यदि निर्वाचन भएन भने देश कुन दिशातर्फ जाला ? बङ्गलादेशमा जस्तै बहानाबाजी गर्दै निर्वाचनको मिति सारियो भने देश कस्तो सङ्कटमा फस्ला ?
सबैभन्दा पहिले, प्रतिनिधिसभा निर्वाचन नियमित निर्वाचनभन्दा दुई वर्षअघि नै गर्नुपर्ने अवस्था किन आयो भन्ने छोटो प्रसङ्ग सम्झौँ । यसको सुरुवात गत भदौ २३ र २४ गतेबाट भएको थियो । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र देशभर व्याप्त भ्रष्टाचारविरुद्ध युवाहरू सडकमा उत्रिएका थिए । त्यो कुनै साधारण विरोध प्रदर्शन थिएन । त्यो त वर्षौँदेखि गुम्सिँदै आएको आक्रोशको विस्फोट थियो ।
बाँकी भिडियोमा हेर्नुहोस्












