Logo
Logo

गगनको विद्रोह: कसरी पूरा होला प्रधानमन्त्री बन्ने सपना ?


630
Shares

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा यतिबेला आफ्नो तीन दशक लामो राजनीतिक यात्राकै सबैभन्दा चुनौतीपूर्ण र निर्णायक मोडमा छन् । हिजो ‘सिस्टम’ र ‘पुस्तान्तरण’को चर्को नारा घन्काएर उदाएका गगन आज आफ्नै हुटहुटीको बन्धक बनेका त छैनन् ? महामन्त्रीजस्तो महत्पूर्ण पदमा रहँदा पनि उनले न थिति बसाल्न सके, न त नेतृत्वको विरासत फेर्ने उनको धोको नै पूरा भयो । यतिबेला गगन ‘अहिले नभए कहिले, मैले नभए कसले’ भन्ने छटपटी र अस्तित्वको लडाइँमा छन् ।

निर्वाचनअघि नै पार्टीको विशेष महाधिवेशन गराएर नेतृत्व हत्याउने उनको ठूलो धोका छ । विशेष महाधिवेशन उनको लागि एउटा महाधिवेशन मात्रै बनेको छैन, ‘अग्नि–परीक्षा’ बनेको छ । प्रश्न पेचिलो छ– पार्टीभित्रकै लडाइँमा गगनले जित्लान् ? या हारेर आफ्नै राजनीतिक करियरको अवसान आफैंले लेख्लान् ?

१४औं महाधिवेशनमा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै गगन थापाले भनेका थिए– ‘कांग्रेसको महामन्त्री हुने अवसर पाएँ भने ठिक चार वर्षमा अधिवेशन हुन्छ । केको लागि कांग्रेस ? किन कांग्रेस ? कांग्रेससँग प्रश्न होइन, उत्तर हुन्छ । कांग्रेससँग समस्या होइन, समाधान हुन्छ ।’

तर, महामन्त्री भएको चार वर्षपछि पनि गगन उत्तर बोकेर हिँड्ने नेता होइन, प्रश्न गर्ने पात्रमै सीमित छन् । हिजो ‘सिस्टम’ र ‘पुस्तान्तरण’को चर्को वकालत गर्ने गगन आज महामन्त्रीजस्तो महत्पूर्णमा पदमा छन् । तर, बिडम्बना ! उनले पार्टीभित्र न पद्धतिको जग बसाल्न सके, न त नेतृत्व ‘पुस्तान्तरण’ गराउन नै । तर, हार भने खाइसकेका छैनन् । अहिले पनि नेतृत्व हस्तान्तरणको रटान लागइरहेका छन् ।
पूरा समाचार भिडिओमा

प्रतिक्रिया दिनुहोस्