Logo
Logo

कृषि विकास बैङ्क कर्मचारी सङ्घ नेपालको रक्तदान कार्यक्रम सम्पन्न


315
Shares

काठमाडौं । कृषि विकास  बैङ्कको ५९ औँ वार्षिक उत्सवको अवसरमा कृषि विकास बैक कर्मचारी सङ्घ नेपाल मुख्य कार्यालय समिति ले आज शुक्रवार मुख्य कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै कृषि विकास  बैङ्क कर्मचारी सङ्घ नेपालका अन्य प्रदेश समितिहरूले समेत माघ महिना भित्र देश भरनै रक्तदान गर्ने कार्यक्रम रहेको छ ।

The current image has no alternative text. The file name is: kirishi-bikhadh-bank.jpg

रगतको अभावमा हुने मानव जीवनको क्षतिलाई न्यूनीकरण गर्नु र समाजमा सेवा भाव फैलाउने उद्देश्य सहित सम्पन्न उक्त रक्तदान कार्यक्रममा मुख्य कार्यालय समिति अन्तर्गत १२१ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटिको सहयोगमा सङ्कलित रगत देशभरका अस्पताल र बिरामीहरूको रगत अभाव पुरा गर्न सहयोग गर्नेछ ।

मुख्य कार्यालय समितिका अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैङ्क,बिमा तथा वित्तीय संस्था कर्मचारी सङ्घ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनाली को प्रमुख आतिथ्य तथा कृषि विकास बैक कर्मचारी सङ्घको अध्यक्ष छगेन्द्र आचार्य तथा कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुख, शाखा प्रमुख सहित कर्मचारी ग्राहक तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बैङ्क,बिमा तथा वित्तीय संस्था कर्मचारी सङ्घ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनालीले रक्तदान जस्तो मानवीय कार्यमा सबैको सहभागितालाई उच्च प्रशंसा गर्दै बैक र कर्मचारी सङ्घले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानहरूलाई निरन्तरता दिन आग्रह गरे । 

कर्मचारी सङ्घ नेपालका अध्यक्ष छगेन्द्र आचार्यले यस कार्यक्रमले अस्पतालको वेडमा रगत अभावमा छटपटाईरहेका बिरामीलाई राहत हुने कुरा गर्दै ट्रेड युनियनले सञ्चालन गर्ने सामाजिक कार्यले समाज बैकमा टे«ड युनियनको गरीमा वृद्धि गरेको कुरा उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्