Logo
Logo

ओलीलाई रोक्न बालेनको ‘मिसन झापा’ (भिडियो रिपोर्ट)


0
Shares

काठमाडौं । रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको बालेन आगामी निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग भिड्ने चर्चाले राजनीतिवृतमा सुनामी नै ल्याएको छ । तर, के बालेन साँच्चै ओलीसँग जुध्न झापा–५ मा उत्रँदै छन् ? कि यो हात्ती तर्साउन नाङ्लो ठटाएजस्तै राजनीतिक हल्लामात्र हो ? कि यो पुरानो सत्ताको किल्लामाथि गरिएको एक हुङ्कार ?

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि अहिले राजनीतिक दलभित्र उम्मेदवार सिफारिसको रस्साकस्सी चलिरहेको छ । नयाँ–पुराना दलका शीर्ष नेतृत्वहरू प्रत्यक्ष निर्वाचन लड्ने मनस्थितिमा रहँदा धमाधम सिफारिस पनि भइरहेका छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन भने झापा–५ मा जाने चर्चा छ । झापा–५ एमालेका ‘भीष्म पितामह’ केपी शर्मा ओलीको दशकौँदेखिको ‘अभेद्य किल्ला’ हो । जहाँ चुनाव जित्नु केवल मतगणनाको विषय होइन, ओलीको राजनीतिक वर्चस्वलाई प्रमाणित गर्ने थलो पनि हो । तर, आगामी फागुन २१ को लागि तय भएको निर्वाचनमा बालेनको सम्भावित इन्ट्रीले तरंग पैदा गरेको छ ।

बाँकी समाचार भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्