काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३३औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीहरू सहितको आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक सीए रन्जीब एण्ड एसोसियटलाई पुनः नियुक्त गरेको छ । यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंककोपूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।












