Logo
Logo

मौलिक धर्म, संस्कृति र परम्परा नै हाम्रो वास्तविक पहिचान हो : बालेन 


756
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौं उपत्यकाको इतिहास र सभ्यता किराँतकालीन राजा यलम्बरसँग जोडिएले यसको संरक्षणमा महानगरपालिकाले सधैँ साथ दिने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘हाङ यलम्बर स्मृति’ पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै शाहले नेपालको इतिहासमा किराँत कालखण्ड र राजा यलम्बरको योगदान अतुलनीय रहेको बताए ।

उनले भने, ‘काठमाडौं उपत्यकाको सभ्यताको सुरुवात र विकासक्रमलाई हेर्ने हो भने हाङ यलम्बर र किराँतकाललाई छुटाउनै मिल्दैन । यलम्बरको इतिहासबिना काठमाडौंको इतिहास अधुरो हुन्छ ।’

शाहले देशको मौलिक धर्म, संस्कृति र परम्परा नै हाम्रो वास्तविक पहिचान भएको बताउँदै भने, ‘हाम्रा पुर्खाहरूले रचेको इतिहास र जोगाएको संस्कृतिलाई हामीले नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । विविधताभित्रको एकता नै नेपालको शक्ति हो ।’

शाहले काठमाडौं महानगरपालिका भित्र रहेका विभिन्न जातजाति, भाषाभाषी र ऐतिहासिक धरोहरहरूको संरक्षणमा आफू प्रतिबद्ध रहेको बताए । 

‘किराँत सभ्यतासँग जोडिएका ऐतिहासिक पक्षहरूको खोज, अनुसन्धान र संरक्षण गर्न महानगरपालिका सधैँ तयार छ,’ उनले भने, ‘तपाईँहरूले आफ्नो मौलिकता जोगाउन गर्नुभएको प्रयास सराहनीय छ, यसमा स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्