काठमाडौं । सुशीला कार्की नेतृत्वको वर्तमान सरकार आज ‘एकातिर भिर, अर्कोतिर पहिरो’को भयावह अवस्थामा फसेको छ । एकातिर पुराना राजनीतिक दलहरूको सङ्गठित घेराबन्दी छ भने अर्कोतिर सडकमा उभिएका युवाहरूको चुलिँदो अपेक्षा र अधैर्य दबाब ।
त्यसैले सरकार न अघि बढ्न सक्छ, न त पछि फर्कन नै । सरकारलाई ढाडस दिने कोही छैनन्, छन् त केवल दबाब दिने । नागरिक सरकार भनेर जनआकाङ्क्षाको काँधमा उभिएको सत्ता आज किन यति छिट्टै अविश्वास, असहयोग र थकानको चपेटामा पर्यो ? परिवर्तनको प्रतीक भएर उदाएको सरकार किन पेन्डुलम बन्दै गयो ?
हेर्नुहोस् भिडियो :











