Logo
Logo

कांग्रेस संस्थापन पक्षका नेता स-शरीर आयोगमा उपस्थित


2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगेका छन् ।

देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबीसहित उनीहरू केहि बेरअघि स–शरीर आयोगमा उपस्थित भएका हुन् । कावा सभापति खड्का, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू, नेता शेखर कोइराला लगायतका बहुमत नेता कार्यकर्ता अहिले आयोगमा छन् ।

विशेष महाधिवेशन आह्वान नगरिएको र गगन–विश्वको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध भएको आयोगलाई जानकारी गराउन उनीहरु आयोग गएका हुन् । बुधबार केन्द्रीय समितिले ५ वर्षका लागि कारबाही गरेपछि विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएका छन् । थापा समूहले बिहीबार नै आयोग पुगेर आफुहरु आधिकारिक भएको दाबीसहित निवेदन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्