Logo
Logo

निर्वाचन आयोगमा कांग्रेस नेता-कार्यकर्ताको भीड, सुरक्षा व्यवस्था कडा पारियाे


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ता निर्वाचन आयोग पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको दाबीसहित कांग्रेस नेता तथा कार्यकर्ताहरु बाक्लो उपस्थित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले कांग्रेसको शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगमा पुगेसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको जानकारी दिए ।

शुक्रबार बिहानै आयोगमा कांग्रेस देउवा पक्षका नेता कार्यकर्ताहरू पुगेका छन् । केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्तसँग छलफलका लागि उनको कार्यकक्षमा पुगेका छन् भने आयोग परिसरमा तरुण दलका कार्यकर्ताहरू उपस्थित छन् । बुधबार सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस दुई फ्याक भएको छ ।

प्रतिक्रिया दिनुहोस्