काठमाडौं । मेटलाइफ नेपालले महोत्तरीको बर्दिबास, मोरङको पथरी तथा बागलुङमा तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याउँदै वित्तीय सुरक्षाको पहुँच थप सुदृढ बनाएको छ । यी नयाँ कार्यालयहरूसँगै मेटलाइफको उपस्थिति क्षेत्रीय केन्द्रहरू तथा वरपरका समुदायसम्म विस्तार भएको छ । नयाँ एजेन्सी कार्यालयहरूले मानिसहरूको दैनिक जीवनसँग नजिकै रही भरपर्दो बीमा मार्गदर्शन र सुरक्षा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

यी क्षेत्रका धेरै परिवार तथा साना व्यवसायका लागि जीवन बीमा पहुँच गर्नु प्रायः टाढाका सहरसम्म यात्रा गर्नु पर्ने वा सीमित जानकारीमा निर्भर रहनु पर्ने अवस्था थियो । अब स्थानीय रूपमा मेटलाइफको उपस्थिति भएपछि, ग्राहकहरूले आफ्नै समुदायभित्र व्यक्तिगत सल्लाह, समयमै सेवा तथा निरन्तर सहयोग प्राप्त गर्न सक्नेछन् ।
यो विस्तारले बीमा पहुँचभन्दा बाहिर पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । स्थानीय रोजगारीका अवसर सिर्जना गर्दै र थप व्यक्तिहरूलाई बीमा व्यवसायीका रूपमा करियर निर्माण गर्न सहयोग पुर्याउँदै, यी नयाँ कार्यालयहरूले क्षेत्रीय आर्थिक गतिविधि र वित्तीय साक्षरता अभिवृद्धिमा योगदान पुर्याउने छ । बीमाबारेको चेतना र प्रयोग बढेसँगै परिवारहरूले अनिश्चितता, सम्भावित आम्दानी अवरोध तथा शिक्षा र सेवानिवृत्तिजस्ता दीर्घकालीन जीवन लक्ष्यका लागि अझ राम्रो तयारी गर्न सक्नेछन् ।
मेटलाइफ नेपालका महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठले भने, ‘बर्दिबास, पथरी र बागलुङमा एजेन्सी कार्यालय खोल्नु भनेको समुदायस्तरमै वित्तीय सुदृढता मजबुत बनाउनु हो। जब सुरक्षा स्थानीय रूपमा उपलब्ध हुन्छ, तब परिवारहरूले सचेत निर्णय लिन, जोखिम व्यवस्थापन गर्न र आत्मविश्वासका साथ भविष्यको योजना बनाउन सक्षम हुन्छन् ।’
नेपालको अर्थतन्त्र विस्तार र विविधीकरण हुँदै गइरहेका बेला, सहज र भरपर्दो वित्तीय सुरक्षाको आवश्यकता झनै महत्त्वपूर्ण बन्दै गएको छ । रणनीतिक स्थानहरूमा एजेन्सी सञ्जाल विस्तार गर्दै मेटलाइफले समावेशी विकासलाई सहयोग र्पुयाइरहेको छ र जहाँ बसे पनि सबैले दीर्घकालीन वित्तीय सुरक्षाको लाभ लिन सकुन् भन्ने सुनिश्चिततामा योगदान दिइरहेको छ ।











