Logo
Logo

कांग्रेस केन्द्रीय कार्य समिति बैठक जारी 


315
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि पार्टी कार्यालयमा पहिलोपटक बैठक बसेको हो । 

आजको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर फागुन २१ को प्रतिनिधिसभा निर्वाचन होमिने निर्णय गर्दै छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे पनि तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले बेवास्ता गरेपछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्