Logo
Logo

ओलीका कुरामा योगेशको चित्त दुखाई


1.7k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

The current image has no alternative text. The file name is: yogesh.gif

निर्वाचन जित्ने आधार भएका उम्मेदवारहरूलाई टिकट दिइएको भन्दै अध्यक्ष ओलीले केही सञ्चारमाध्यममा योगेश भट्टराईले चुनाव जित्ने आधार नदेखिएको बताएका थिए । 

त्यसको जवाफ दिँदै उपमहासचिव भट्टराईले लेखेका छन्, ‘यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दु:खी छु । कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन ।’

अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति नरहेको र विन्दा पाण्डेको कुनै आधार नरहेको भन्दै सोही कारण यसपटक टिकट नदिइएको बताएका थिए ।

ओलीले पार्टीका अर्का नेता गोकुल बास्कोटाले टिकट नपाउनुको कारण कार्यकर्ता पङ्क्तिमा अलि बढी विभाजन गराएको बताएका थिए । 

उपमहासचिव भट्टराईले अहिले आफू पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन खटिएको भन्दै आफू विचलित नरहेको बताए । ‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो । नो इट, नो बट म विचलित र निरास छैन,’ भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्