Logo
Logo

युवाहरुको देश बदल्ने हुटहुटीलाई नयाँ काँग्रेसले सम्बोधन गर्छ : गगन थापा


756
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले समय अभावका कारण पार्टीमा टिकट वितरण सोचे जस्तो गर्न नसकेको स्वीकार गरेका छन् ।

केन्द्रीय समितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि केन्द्रीय कार्यालयमा बोल्दै उनले उम्मेदवार छनौटमा भएका कमि कमजोरीको जिम्मेवारी आफूले लिने भन्दै आफूहरूले काँग्रेसलाई बदलेको र बदलिएको काँग्रेसले देशलाई पनि बदल्ने बताए ।  

सभापति थापाले नागरिकहरूमा सुशासनको भोक रहेको र भ्रष्टाचारको छटपटीबाट मुलुकलाई निकाल्नुपर्छ भन्ने रहेको बताएका छन् । उनले आजदेखि काँग्रेस आफ्नो पुरा शक्ति लगाएर निर्वाचनमा होमिएको बताए ।

अघिल्लो निर्वाचनमा मतदाता र काँग्रेसका शुभचिन्तकले रुखमा मत हाल्ने अवस्था बनाएर आउनुस भनेको उल्लेख गर्दै अब आफूहरू त्यो कुरा सुधारेर यस पटक सबै क्षेत्रमा रुखमा मतदान गर्ने अवस्था बनाएर आफूहरू चुनावमा जान लागेको बताए ।

उनले नयाँ युगले नयाँ कुरा खोजेको बताउँदै युवाहरूमा रहेको देश बदल्ने हुटहुटीलाई नयाँ काँग्रेसले सम्बोधन गर्ने बताए ।    

प्रतिक्रिया दिनुहोस्