काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको निर्णय र निर्देशन विपरीत उम्मेदवार बनेका तथा तिनका प्रस्तावक, समर्थक र प्रचारक बनेका सात जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको हस्ताक्षर रहेको पत्रमा पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको उल्लेख छ ।
निस्कासनमा परेका नेताहरू :
१. हरिबोल गजुरेल, सिन्धुली
२. महेश्वर दाहाल, सिन्धुली
३. कुलप्रसाद के.सी., दाङ
४. मेजर राई, उदयपुर
५. धर्मनाथ साह, सिरहा
६. राजकुमारी साह, सिरहा
७. जिवछ साह, सिरहा












